बन्दकर्ताले जलाएको ट्याक्सीको फोटो खिच्न जादा ट्राफिक डिआइजीले भने ‘श्रीमान् श्रीमतीको यौन चर्तिकला खिचेर छाप्नू’

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले बिहीवार नेपाल बन्दको घोषणा गरेकोले म फोटो खिच्न र रिपोर्टिङ गर्न बिहानैदेखि सक्रिय रहेँ । भर्खर कार्यालय पुगेको थिएँ, सम्पादक विमल सरको फोन आयो । ‘अशोक कहाँ छौ, कोटेश्वरमा ट्याक्सी जलाए रे, खिच्न त भ्याइएन होला है ?’ , उहाँले सोध्नुभयो ।dig-prakash-aryal ‘बिहान साढे तीन बजेतीर जलाएका रहेछन्, खिच्न भ्याइएन सर’, मैले भनेँ । ‘जलेको ट्याक्सीको फोटो भएपनि खिच्नु पर्ला कि’ भनेर उहाँले मलाई सुझाउनुभयो । मैले तत्कालै बानेश्वर प्रहरी बिटमा सम्पर्क गरें र जलेको ट्याक्सी कहाँ कस्तो अवस्थामा छ भनेर सोधें । उक्त ट्याक्सी सिहंदरबार बग्गीखानामा लगिएको छ भन्ने जानकारी पाएपछि म सिधै त्यतातिर लागें । मोटरसाइकल चलाएर बग्गीखानातर्फ जाँदै गर्दा जलेको ट्याक्सीको फोटो खिच्ने र त्यसका चालकसँग कुराकानी गरेर ‘स्टोरी’ पनि बनाउनेबारे सोचें । र, बिहान ८ बजेतिर ट्राफिक केन्द्रीय कार्यालय,बग्गीखाना पुगेँ । बग्गीखाना परिसरमा डिआईजी प्रकाश अर्यालले साधारण पोशाकमा चिया पिउँदै गरेको देखें । उहाँको साथमा ट्राफिक प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल पनि हुनुहुन्थ्यो । मैले डिआईजी अर्याललाई आफू पत्रकार भएको कुरा बताएँ र बन्दकर्ताले जलाएको ट्याक्सीको फोटो खिच्न अनुमति मागेँ । तर डिआईजी अर्यालले मलाई एक्लो देखेर हो कि किन हो, ‘किन खिच्ने फोटो?’ भन्दै निहुँ खोजेझैं गर्न थाल्नुभयो । मैले भनेँ ‘जे भएको हो त्यसको दृश्य जनतालाई देखाउने त पत्रकारको काम हो, त्यसैले म ट्याक्सीको फोटो खिच्न चाहन्छु ।’ मेरो अनुरोधलाई डिआईजी अर्यालले वास्ता गरेनन् । उनले उल्टै भने, ‘त्यसो भए श्रीमान श्रीमती सुतेको (यौन चर्तिकलाको) पनि फोटो खिचेर छाप्नू ।’ म छक्क परें । र, भनेँ ‘कुन कुरा छाप्नु हुन्छ र हुँदैन भन्ने मलाई राम्रोसंग थाहा छ ।’ डिआइजीको त्यस्तो बचनले मलाई खिन्न बनायो । प्रहरीको उच्च पदमा रहेको व्यक्तिको त्यो स्तरको भाषाले मलाई निकै सोचमग्न बनायो । उपल्लो तहको प्रहरी अधिकृतले त्यस्तो अमर्यादित भाषा प्रयोग गर्लान् भनेर मैले सोचेको सम्म थिइन । डिआइजीसँग थप कुरा गर्न मलाई उचित लागेन । मैले ‘खिच्न हुन्छ भने हुन्छ भन्नुस्, हुँदैन भने हुँदैन भन्नुस्, तर, तपाईले जथाभावी बोल्न पाउनुहुन्न’ भन्दै म ट्राफिक कार्यालय परिसरबाट बाहिरिएँ । अहिले मलाई लागिरहेको छ, एउटा जिम्मेवार पदमा बसेको प्रहरीकोे मुखबाट निस्केको त्यस्तो तल्लो स्तरको वचनले ट्राफिक प्रहरीले शुरु गरेको ‘मुस्कान सहितको सेवा वा जिब्रोको गरिमा मिठो बोलीमा’ अभियान सम्भव होला ? डिआइजी महोदयज्यू, म यो प्रश्न तपाइँतिरै तेस्र्याउन चाहन्छु । तपाईँले यस्तै भाषा प्रयोग गर्दै जानुभयो भने सिंगो प्रहरी संगठनको बद्नाम हुन धेरै दिन नलाग्ला है ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment