के होला मधेस समस्याको समाधान ?

भिडियो सहित हेर्नुहोस !
Advertisement
पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाब आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजातिलगायत उत्पीडित समुदायसँग भएका सम्झौता र अन्तरिम संविधान ०६३ को धारा १३८ (१) र १३८ (१क) अनुसार तराईमा दुई स्वायत्त प्रदेश, ऐतिहासिक पृष्ठभूमि/थातथलो र पहिचान तथा सामथ्र्यको आधारमा प्रदेशहरू निर्माण हुनुपर्ने माग मधेसी मोर्चाको छ ।
प्रदेशहरूभित्र ऐतिहासिक थातथलो कायम भएका जातीय समूह, आदिवासी जनजाति, मुस्लिम, शिल्पी समुदाय (दलित), पिछडावर्ग, सीमान्तकृत, अति सीमान्तकृत र लोपोन्मुख समुदायको पहिचानमा आधारित स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको व्यवस्था गरिनुपर्ने माग छ । खस समुदायसमेतलाई आदिवासीमा सूचीकृत गनुपर्ने माग छ । राज्यका सबै अंग, तह र निकायमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू गर्नुपर्ने माग छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment