प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक रूपमा छड्केमा आफैं गएका छन् । दिउँसो पौने २ बजे विमानस्थल पुगेका प्रधानमन्त्रीले झण्डै एक घण्टा विमानस्थल निरीक्षण गरेका थिए।अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने र स्वदेश फर्किने यात्रुले सास्ती व्यहोर्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री ओली मंगलबार आकस्मिक निरीक्षणमा गएका हुन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री आकस्मिक निरीक्षणमा गएको बेला विमानस्थलमा सेवाग्राहीलाई सेवा दिन भइरहेको ढिलाइ, सरसफाइको अवस्था लगायतको विषयमा जानकारी लिएका थिए।
0 comments:
Post a Comment