यसो नगरेको सायद हुँदैनथ्यो काबुल घटना, एउटै गल्तीले लियो १२ नेपालीको ज्यान

भिडियो सहित हेर्नुहोस !
Advertisement


सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा थुप्रै नेपाली दाजुभाइले ज्यान गुमाउनुपर्यो। नेपाली परेकाले हामीलाई दुःख लागेको छ। हामी घटना भएको भोलिपल्ट पनि साथीभाइबीच त्यही विषयमा कुरा गरिरहेका छौं। नेपालबाट पनि त्यही विषयमा कुरा गर्न थुप्रै आफन्तहरूले फोन गर्नुभएको छ। आफन्तहरूले सामाजिक सञ्जालमार्फत् पनि त्यही कुरा गरिरहनुभएको छ। नेपालभरि हल्लीखल्ली मच्चिएको हामीले सुनेका छौं। यो स्वाभाविक पनि हो। तर, अफगानिस्तानका लागि भने यो घटना त्यति अनौठो होइन। सामान्य घटना हो। किनकि यस्ता घटना बारम्बार हुने गरेको छ। अहिले हामी पर्यौं अरूबेला अरू पर्दथे ।


सोमबारको घटना बिहान ५ः४० बजे भएको थियो । काबुलको पीडी–९ मा भएको सो घटनाका क्रममा गाडी बिस्तारै चलिरहेका बेलामा कोही मानिस भित्र छिर्न चाहेको रहेछ । त्यतिबेला ढोका खोल्न नहुने हाम्रा नेपाली साथीहरूले ढोका खोलिदिएछन् । त्यसपछि उनीहरू स्वाट्टै भित्र छिरेछन् र सो घटना गराएछन् । सो गाडीमा जम्मा १९ जना मानिस चढेकोमा दुई जना भारतको देहरादुनका र अरू सबै नेपाली रहेछन् । मंगलबार एक जना घाइतेसँग भेट भएको थियो । उनी भन्दै थिए– ‘ढोका खोल्न नहुने। गल्ती भयो ।’

हामी घटना भएको भोलिपल्ट मंगलबार त्यसै गरी घटना भएको त्यही ठाउँ हुँदै काम गर्न आएका छौं। म काम गर्ने काबुलस्थित बेलायती दूतावासमा पनि थुप्रै नेपाली छौं। हामी सामान्य ढंगले नै काम गरिरहेका छौं। नजिकै रहेको क्यानडाको दूतावासमा पनि नेपाली सुरक्षा गार्डहरू सदाका झैं ड्युटी गरिरहेका छन्। सोमबारको हमलापछि पनि काबुलको सुरक्षास्थिति उस्तै छ। खासै कडा गरिएको छैन।
सोमबारको घटना पूरै तयारीका साथ भएको हामीलाई लागेको छ। नेपाली भनेर नै ताकेर हानिएको अवस्था छ। तर, किन नेपालीलाई हानियो र लक्षित गरियो भन्ने कुरा हामीले पनि बुझेका छैनौं। हामी नेपालीहरूबीच पनि यस बारेमा कुरा भइरहेको छ। सोमबारको घटना बिहान ५ः४० बजे भएको थियो।

काबुलको पीडी–९ मा भएको सो घटनाका क्रममा गाडी बिस्तारै चलिरहेका बेलामा कोही मानिस भित्र छिर्न चाहेको रहेछ। त्यतिबेला ढोका खोल्न नहुने हाम्रा नेपाली साथीहरूले ढोका खोलिदिएछन्। त्यसपछि उनीहरू स्वाट्टै भित्र छिरेछन् र सो घटना गराएछन्। अहिले कुरा के भइरहेको छ भने क्यानडाको दूतावासमा रहेका सुरक्षा गार्ड र सो समूहबीच कुनै समस्या पहिल्यै थियो कि भन्ने पनि भइरहेको छ। तर, समस्या के हो बुझिएको छैन। सो गाडीमा जम्मा १९ जना मानिस चढेकोमा दुई जना भारतको देहरादुनका र अरू सबै नेपाली रहेछन्।
मंगलबार एक जना घाइतेसँग भेट भएको थियो। उनी भन्दै थिए– ‘ढोका खोल्न नहुने। गल्ती भयो।’ नेपालीलाई लक्षित गर्नुको अर्को कारण भने मिडियासँग समेत सम्बन्धित हो कि भन्ने बारेमा अहिले हामी नेपालीबीच छलफल भइरहेको छ। किनकि केही महिनाअघि एक जना ब्रिटिस गोर्खामा रहेका नेपालीले हेल्मन्ड प्रान्तमा धेरै तालिवानीहरूलाई सफाया गरेको भनेर अन्तर्वार्ता दिएका रहेछन्। त्यो कुरा राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चामा आएको थियो। त्यसलाई आतंककारी समूहले ‘वाच’ गरिरहेको भन्ने हामीले सुनेका थियौं। अहिले यस्तो घटना भयो। एउटा कारण यो पनि हो भन्ने हामीलाई लागेको छ। खोई के कारणले भयो र किन नेपालीलाई लक्षित गरियो वास्तविक कुराचाहिँ हामीले पनि बुझेका छैनौं। ती सैनिकले त्यसो नभनेको भए पनि हुन्थ्यो। मिडियाका मान्छेले पनि उसको पारिवारिक, जातीय र कुन देशको हो त्यो देशको संवेदनशीलतालाई बुझिदिएको भए यस्तो नहुन पनि सक्थ्यो होला। तर, उनलाई व्यक्तिगत रूपमा त उनको संगठनमा त्यसबाट फाइदै पनि पुग्यो होला। भन्नुपर्ने भएर भनेको पनि हुन सक्छ। तर, त्यस्तो गर्दा कहिलेकाहीं अप्ठेरो पनि पर्दोरहेछ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment