भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविरुद्ध अभिव्यक्ति दिने र आन्दोलनको घोषणा गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेको छ ।
व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुलाई संविधानविपरित अभिव्यक्ति दिने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने छुट नरहेको बताए ।उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रहादुर केसीको राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा साउन मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालका मन्त्रीहरुले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment