पढ्दा पढ्दै आँशु अबस्य झर्छ

भिडियो सहित हेर्नुहोस !
Advertisement
मान्छे तिम्रोमा पनि आए.. मेरो मा पनि आए।
फरक यति थियोे तिमिलाइ रातो सारी लिएर आए मलाई पहेलो
पिताम्बर लिएर आए !!!
तिमी पनि पहिरियौ मलाई पनि पहिराए ।
फरक यति थियोे। तिमी रातो बेहुली कपडामा पहिरियौ। मलाई
पहेंलो कात्रो पहिराए!!
मान्छे त्यहाबाट पनि निस्के..यहाबाट पनि निस्के।फरक यति थियोे!!
तिम्रो जन्ती बनेर निस्किए मेरो मलामी बनेर निस्किए ।
फुल तिमीलाई पनि बर्साए..मलाई पनि बर्साए।
फरक यति थियो!!
तिमी सजिएर गयौ मलाई सजाएर लगे।
तिमी पनि घर बाट निस्कियौ मलाई पनि घर निकाले फरक यति
थियो ।
तिमी उठेर गयौ मलाई उठाएर लगे!
भिड त्यहा पनि थियो मान्छे यहाँ पनि थिए।
फरक यति त्यहाँ बाजा सहितको हंसाइ थियोे ।यहाँ संख्
सहितको रुवाइ।
पण्डित त्यहा पनि थिए..यहाँ पनि थिए ।
फरक यति थियोे ।तिम्रो मन्त्र पढ्दै थिय।
मलाई राम राम जप्दै थिए !
स्वागत तिम्रो पनि भयो मेरो पनि भयो।
फरक यति थियोे तिमिलाइ जग्येमा राखे ।
मलाई चितामा चढाए।
आशिष् तिम्लाइ पनि दिए..मलाई पनि दिए।
फरक यति थियो। तिमिलाइ रमाउ भन्दै थिए मलाई स्वोर्ग
जाउ भन्दै थिए ।
आगो त्यहा पनि बल्यो यहाँ पनि बल्यो।
फरक यति थियो। तिम्रोमा होम हलिदै थियो।मेरो जीवन
बालिदै थियो।
पानी त्यहा पनि थियो..यहाँ पनि थियो ।
फरक यती थियोे।तिमिलाइ सात पाइला बनायर भित्र्याए।
मलाइ सात पाइला सारेर बगाए।

दुनियाँ त्यही थियो।
तर तिमिलाइ आफ्नो बनाए..मलाई जलाइदिए। कहानी बनाए
जीवन् तिम्रो सुरु भयो.. मेरो अन्त्य भो।
भुल्दिन तिमिलाइ सयौ जुनि मरे पनि।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment