यस्ता मानिसले गर्छन् तत्कालै आत्महत्याको कोशिश !

भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । के तपाई भन्न सक्नुहुन्छ, सबैभन्दा बढी आत्महत्या मानिसले कुन समयमा गर्छन् ?  तपाईको भनाई हुनसक्छ प्रेममा असफल भएपछि वा जिवनमा असफल भएर वा डिप्रेशनका कारण । तर यसका अन्य कारणहरु पनि छन् ।
हालै गरिएको एक अध्ययनका अनुसार आमा बुबासँगको झगडाका कारण युवाहरुले तत्कालै आत्महत्या गर्ने गरेको पाइएको छ । अध्ययन प्रमुख, लेखक तथा टोरंटो विश्वविद्यालयका प्राध्यापक इस्मे फुलर थॉमसनका अनुसार आमा बासँगको झगडा, घरेलु तथा शारीरिक हिंसाका कारण उनीहरुमा मानसिक समस्याले गाँज्न पुग्छ र त्यसले छिटो आत्महत्या गर्न युवाहरु बाध्य हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययन क्यानडाको एक राष्ट्रीय प्रतिनिधित्व गर्ने स्याम्पल मार्फत गरिएको हो । जसमा २२ हजार ५ सय ५९ घरको नमुना संकलन गरिएको थियो । यसमा सन् २०१२ को क्यानेडियन कम्युनिटी हेल्थ सर्वे मेंटल हेल्थको आँकडाको प्रयोग गरिएको थियो ।
अध्ययनको निष्कर्षबाट यो पत्ता लागेको छ की, जुन मानिसले आफ्नो बालापनामा घरेलु हिंसा र यौन शोषणका समस्या भोगेका थिए उनीहरुले आत्महा गर्ने संभाव्यता १७ दशमलव ३ प्रतिशत हुन्छ । घरेलु हिंसा भोगेका मानिस बाहेकले आत्महत्या गर्ने संभाव्यता २ दशमलव ३ प्रतिशत हुने गरेको अध्ययनको निष्कर्ष छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment