भिडियो सहित हेर्नुहोस !
सुदूरपश्चिमको सुन्दर तथा आर्कषक पर्यटकीय गन्तब्य खप्तडमा पूर्ब युवराज पारस देखी पूर्ब मुख्य सचिव लिलामणी पौड्याल सम्म पुगेका छन् । गंगादशहरा मेलाको अवसर पारेर पूर्ब युवराज पारस र पूर्ब मुख्य सचिव पौड्याल खप्तड पुगेका हुन्गंगादशहरा मेलाको अवसर पारेर खप्तड हिडेको पूर्ब युवराज पारसको समुह भने केही दिन ढीला खप्तड पुगेको छ । मेलाका तेस्रो दिन खप्तड पुगेको पारसको समुह पोखरा, लुम्बिनी, धनगढी, डोटी हुदै खप्तड पुगेको हो । पोखरा र लुम्बिनीमा केही समय ब्यतित हुँदा र पूर्ब युवराजको स्वास्थ्यका कारण डोटीको झिग्रानामा २ दिन आराम गर्नु परेकाले मेलाको समयमा पूर्ब युवराजको समुह खप्तड पुग्न नसकेको राष्ट्रिय सरोकार मंञ्चका अध्यक्ष सोम बिक्रम सिंहले बताए । पूर्ब युवराज पारससँग स्वर्गिय धिरेन्द्र शाहकी छोरी शिताश्मा शाह, प्रवंजन बहादुर सिंह (योगि ब्यग्रनाथ), राजेन्द्र सिंह, राजेश सिंह आदी छन् । पछिल्लो समयमा खप्तडमा आन्तरीक तथा बाहय पर्यटकको चहल पहल तिब्र बनेको अभियन्ता किशोर खड्काले बताए । पूर्ब मुख्य सचिव पौड्याल, पूर्ब युवराज पारस तथा अन्य मेलाको समय र त्यस बाहेक खप्तड पुगेको पर्यटकहरुबाट सुदूरपश्चिमका बासिन्दा, पर्यटन ब्यवसायी, सरोकारवालाहरु अब सुदूरपश्चिम र खप्तडमा पर्यटकीय चहल पहल बढनेमा आशावादी बनेको खड्काले जनाएका छन् । यो बर्ष गंगा दशहरा मेलामा मात्रै देशका बिभिन्न स्थानबाट गरी करिब २ हजारको हाराहारीमा आन्तरिक पर्यटक तथा तिर्थालुहरु खप्तड पुगेको बताईएको छ ।
भिडियो सहित हेर्नुहोस !
About
butwaladvertisement
0 comments:
Post a Comment