प्रधानमन्त्रीको खेदो खन्नेलाई गतिलो जवाफः यसरी निकालियो हावाबाट बिजुली

भिडियो सहित हेर्नुहोस !
Advertisement

काठमाण्डु, ५ आसार– प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने भाषण गरिरहँदा त्यसलाई सामाजिक संजालमा मजाक बनाउनेहरु धेरै भेटिए । तर, उनले भाषण गर्नुभन्दा पहिल्यै नै नेपालमा हावाबाट बिजुली निकालिएको थियो र हाल पनि निकाल्ने क्रम जारी छ ।

मुस्ताङमा हावाबाट बिजुली
मुस्ताङ सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ ।
मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिए । मुस्ताङमा दिउँसोको समयमा बढी हावा बहने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सौर्य प्रणाली पनि जडान गरिएको छ ।
हाल परीक्षणकै रुपमा उत्पादन गरिएको परियोजनाको उद्घाटन गर्ने लक्ष्य राखिएको छ । साथै त्यहाँ गरिएको एक अध्ययनअनुसार जिल्लाको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीव्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ ।
सोहीअनुसार, कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भइरहेको छ । उत्पादन भएको विद्युत् तत्काललाई तीन घरमा जडान गरिएको छ
४१ सालमै निकालिएको थियो हावाबाट बिजुली
मुस्ताङमा ०४१ सालमै हावाबाट बिजुली निकालिएको थियो । हावाले घुमाउने पंखाबाट ४० किलोवाट उत्पादन हुन्थ्यो । तर, संरक्षण र मर्मत नहुँदा बन्द भयो ।

तत्कालीन सरकारले त्यसलाई खासै महत्व नदिँदा हावाबाट विजुली निकाल्ने कार्यले खासै महत्व पाउन सकेन र पछि अस्तव्यस्त भयो ।



नवलपरासीमा हावाबाट बिजुली
नवलपरासीको विकट पहाडी धैबादी गाउँ विकास समितिमा हावाबाट बिजुली बाल्न निकालिएको छ ।

त्यहाँ नेपालमै पहिलो पटक वायु सौर्य ऊर्जा उन्नत प्रविधि हावाबाट बिजुली निकाल्ने प्रविधि विधिबाट बिजुली निकालिएको हो । जसबाट पहाडी धौबादी गाविसका ६० घरपरिवारले बिजुली बाल्न पाएका छन् ।

जडित बायु सौर्य ऊर्जा उन्नत प्रविधिबाट १२ किलोवाट बिजुली निकालिएको हो । जसअन्तर्गत १० किलोवाट वायु ऊर्जा र दुई किलोवाट सोलार प्रविधिबाट निकालिएको हो ।

नमुना गाउँ बनाउने उद्देश्यका साथ एसियाली विकास बैंकले दुई वर्षअघि सो प्रविधिको जडान गरिदिएको थियो ।
हावाको बिजुलीबाट गाउँ नै झिलिमिली
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा मकवानपुरको भोर्लेनीमा निर्माण गरिएको वायु र सौर्यशक्तिबाट सन्चालित २५ किलोवाट क्षमताको वायु–सौर्य ऊर्जा मिश्रित परियोजना गाउँनै झिलिमिली पारिदिएको छ ।
हेटौँडाबाट पूर्वमा सवारीसाधनमा करिब चार घण्टाको यात्रापछि मात्र पुगिने दुर्गम भोर्लेनीका १३१ तामाङ्, बाहुन, क्षेत्री, दलितलगायतका घरपरिवार हावा र सौर्य शक्तिबाट उत्पादन भएको बिजुली उपयोग गरिरहेका छन् ।
सहरमा दिनमा १६ घण्टासम्म लोडसेडिङ हुँदा त्यहाँका गाउँलेले भने २४ सै घण्टा विद्युत् उपयोग गर्न पाएका छन् ।

काभे्रपलाञ्चोक र सिन्धुलीको सीमामा पर्ने मकवानपुर जिल्लाको यस विकट ठाउँमा पहिले पहिले मानिसहरु बस्न रुचाउँदैनथे । बागमती नदीको किनारमा रहेको यो ठाउँ बालुवा र ढुङ्गाको गेग्रानले ढाकिएकाले उब्जनी नहुने र औलोको भयले गर्दा मिल्किएको यो ठाउँ अहिले सिँचाइ सुविधा, सडक यातायातको पहुँच र विद्युतीकरणले स्थानीयवासीको जीवनशैली फेरिएको मात्र होइन, यस ठाउँको परिचय नै बदलिएको छ ।

अहिले यहाँ चार बाली खेती हुन थालेको, विद्युत सुविधाले सूचना, सञ्चारको पहुँचको विस्तारले गाउँलेको आर्थिक–सामाजिक तथा चेतनास्तरमा अभिवृद्धि भएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment