आज आएको वर्षाका कारण बजार क्षेत्र डुबानमा

भिडियो सहित हेर्नुहोस !
Advertisement
भीमदत्तनगर, ७ असार । आज बिहानदेखि भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासका क्षेत्र जलमग्न भएका छन् ।
निरन्तरको वर्षाका कारण भीमदत्त नगरपालिका–६ ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रमा डुबान हुँदा केही परिवार समस्या परेमा छन् । यहाँको उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा केही भाग डुबानमा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदमराज थापाले वर्षाका कारण जिल्लामा कुनै डुबान तथा बाढीको समस्या नभएको बताउनुभयो । “अहिलेसम्म कुनै समस्या भएको छैन”, उहाँले भन्नुभयो, “वर्षाका कारण यहाँका विद्यालयको अध्यापनसमेत प्रभावित बन्न पुगेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment