हत्या अभियोगमा पूर्वराजा ज्ञानेन्द्रदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई तत्काल कारबाही गर्न माग गर्दै उजुरी

भिडियो सहित हेर्नुहोस !
Advertisement
माओवादी युद्ध सुरू भएपछि आस्थाका आधारमा हत्या, बेपत्ता, दमन र यातना दिने कार्य भएको भन्दै तत्कालीन सरकार प्रमुखमाथि छानबिन र कारबाहीको मागसहित आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता भएको छ ।
नेपाली सेनाको भैरवनाथ गणमा बन्दी बनाइएका माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले उजुरी दिएका हुन् । उजुरीमा २०५२ सालदेखि २०६३ सालअघि सत्तामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रवबहादुर चन्द, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको अवधिमा भएका गैरन्यायिक हत्या, यातना एवं बेपत्ता घटनालाई छानबिनको दायरामा ल्याउन आयोग समक्ष माग गरिएको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment