भिडियो सहित हेर्नुहोस !
Advertisement
कपिलवस्तुः बोल्न नसक्ने महिलामाथि बलात्कार गर्नेलाई कडा कारबाहीको माग राख्दै स्थानीयले बुधवार कपिलवस्तुको चन्द्रौटा वजारमा विरोध प्रर्दशन गरेका छन् ।
आइतबार साँझ शिवराज नगरपालिका–१० मा भैसी चराएर घर फर्कदै गरेकी स्थानिय ३५ वर्षीय लाटी महिलालाई सामुहिक वलात्कृत गर्नेमाथि कारबाहीे माग राखी स्थानिय महिला दबाबस्वरुप विरोध प्रर्दशनमा उत्रेको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख उपसचिव मेघनाथ पाध्यायले जानकारी दिए ।
घटनापछि महेन्द्रनगर निवासी लोकराज वस्तीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।
वस्ती हाल सशस्त्र प्रहरी विन्द्यावासी गण चन्द्रौटामा कार्यरत एक जवान भएको बताइन्छ । वस्तीसँगै अन्यले सामुहिक वलात्कार गरेको पीडितपक्षको आरोप छ ।
महिलाको अवस्था समान्य रहेको जनाउँदै स्वास्थ्यकर्मीले डिस्चार्ज गरी मंगलवार घर ल्याइएकी महिलालाई स्थानीय महिलाको दबाबमा थप उपचारका लागि भन्दै काठमाडौं पठाइएको छ ।
पीडित महिलासँगै महिला प्रहरीलाई साथमा जान नदिई आफन्तहरु मिलेर बुधवार दिउँसो काठमाडौं गएका छन् ।
आरोपितलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा राखी थप अनुसन्धानका लागि अदालतबाट एक हप्ताको म्याद थप गरिएको छ ।
एक जवानका कारण सशत्र प्रहरी संगठनमाथि नै गम्भीर आरोप लागेपछि आन्तरिक छानविन एवम् कारबाही लागि पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय मुक्ती गणबाट एसएसपी कृष्णभक्त ब्रम्हचार्यको नेतृत्वमा अनुसन्धान टोली बुधवार कपिलवस्तु आइपुगेको छ ।
‘दोषी ठहरिएकालाई विभागीय कारबाही गरेरै छोड्छौं । आज आएका छौं छानविन एवं अनुसन्धान थालेका छौं’, उनले भने, ‘दुईचार दिनमा वास्तविकता पता लगाएर छोड्छौं ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment