के हो रमजान (रोजा)

भिडियो सहित हेर्नुहोस !
Advertisement



फजर भन्दा पहिले देखि लिएर सुर्यास्तसम्म 'खाने–पीउने तथा संभोग गर्नबाट जोगिनु' नै रोज़ाको वास्तविक्ता होइन वास्तविक रोज़ाको सत्यता यो हो कि मानवले आफुलाई हरेक प्रकारको अपराध, झूटो बोल्नु, लडाई झगड़ा गर्नु, गाली गलौज गर्नु, तथा गलत व्यवहार र अवैध चीजबाट आफुलाई रोकि राख्नु किनकि रोजाको पुण्य उसलाई प्राप्त होस्, रमज़ानको महिनाको सबैभन्दा महत्वपुर्ण प्रार्थना रोज़ा (ब्रत) हो जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ । रमदानको महीना त्यो पवित्र तथा उपकारीको महीना हो जसमा अल्लाह तआलाले मानवको लागि भलाई र कल्याणको काम गर्नेहरुको लागि पुण्यमा वृद्धि र पापबाट मुक्ति दिलाउने छ । यो त्यो महीना हो जसमा जन्नत ( स्वर्ग) को ढोका खोली दिन्छन् तथा जहन्नम (नरक) को ढोका बन्द गरि दिन्छन्, भूतप्रेत र शैतानलाई बन्द गरिन्छ र अल्लाहको तर्फबाट आकाशवाणी हुन्छ हे मानवहरु हो तिमीहरु पुकार, हे, पुण्यकार्य गर्नेहरु, पुण्य कार्यमा अघि बढेर काम गर, र हे पापको काम गर्नेहरु, अब तो यस पवित्र महीनामा पापकार्य गर्नबाट पछि हट, र अल्लाह तआला पुण्य गर्नेहरुलाई जहन्नम (नरक) बाट मुक्ति दिन्छ । रमदानको महिनाको सबैभन्दा महत्वपुर्ण प्रार्थना रोज़ा (ब्रत) हो जसलाई अरबीमा सियाम (ब्रत) भनिन्छ जसको अर्थ हुन्छ, “रोक” अर्थातः विहान फज़रको समय देखि लिएर सुर्य डुब्ने समयसम्म खान-पिन तथा संभोग गर्नबाट रोकिएर रहनुलाई नै रोज़ा(ब्रत) भनिन्छ । रमदानको महीनाको रोज़ा (ब्रत) प्रत्येक मुस्लिम, बालिग, बुद्धिमान पुरूष र महिलामा अनिवार्य छ, रोज़ा (ब्रत) इस्लामको पाँच खम्बमा मध्ये चौथो खम्बा हो । जुन हरेक मुस्लिमले मन, बचन र कर्म अनुसार पालना गर्नु ज़रुरी छ । रोज़ाले उसको वास्तविक हालतबाट राख्नेहरुलाई धरै ज़्यादै पुण्य प्राप्त हुन्छ। जुन पुण्यको असल संख्या अल्लाह तआला नै जान्नु हुन्छ, प्रिय रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो ” मनुष्यको प्रत्येक कर्ममा उसलाई दस पुण्य देखि लिएर सात सौ सम्म पुण्य दिन्छ सिवाए रोज़ालाई, अल्लाह तआला भन्नुभयो, कि रोज़ा मेरो लागि हो र रोज़ादारलाई रोज़ाको बदला म नै दिन्छु ” यस गरी जन्नत (स्वर्ग) मा एक द्वार यस्तो हो जसबाट केवल रोज़ादार नै प्रवेश गर्छन्, रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को कथन छ, ” जन्नत ( स्वर्ग) को ढोकाको संख्याँ आठवटा छ, त्यसमा मध्ये एक द्वारको नाम रय्यान हो जसमा केवल रोज़ादार नै प्रवेश गर्छन् ” रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो साथिहरुलाई शुभ सन्देश दिंदै भन्नुभयो” तिम्रो साथ रमदानको महिना आएको छ,यो उन्नती र प्रगतीको महिना हो,अल्लाह तआला तिमीलाई यसमा उनको दयाले ढिकिदिन्छन्, दया गर्नुहुन्छ, पापलाई मेटाउँछ, र प्रार्थना स्वीकार गर्नुहुन्छ र यस महिनेमा तिमी एक आपसमा प्रार्थनामा बढी भन्दा बढी रुची लिएको देख्न चाहन्छ, त फरिश्तासँग तिम्रो बारेमा बयान गर्नुहुन्छ, त तिमी अल्लाहलाई राम्रो कामा गरेर देखउनु, निःसन्देह पापी त्यो हो जो यस महिनामा अल्लाहाको दयाबाट वंचित भए ” ( अल–तबरानी) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो” जो व्यक्ति रमदान महीनाको रोज़ा अल्लाहमा विश्वास तथा पुण्यको आशा गर्दै रहन्छ,। त्यसपछि सम्पूर्ण पाप क्षमा गरी दिनेछन्” ( बुखारी तथा मुस्लिम) रोज़ा र कुरआन करीम क़ियामतको दिन अल्लाह तआलासँग बिन्ती गर्छन् जो रोज़ा राख्छन् ,जो कुरआन पढ्छन् उनिहरुलाई क्षमा गर, त अल्लाह तआला उसको सिफारिश स्वीकार गर्नुहुन्छ, जस्तै कि रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ।” रोज़ा र कुरआन करीम क़ियामतको दिन अल्लाह तआलासँग बिन्ती गर्नुहुन्छ कि ऐ ईश्वर(अल्लाह), मैले त्यो दिनमा यसलाई खाने–पीउने र संभोग गर्नबाट रोकेर राखेको थिए, तिमी मेरो सिफारिश त्यो दिनको बारेमा स्वीकार गर, कुरआन भन्दछ, ऐ अल्लाह, मैले ति रातमा यसलाई सुत्नबाट रोकेर राखेको थिए, तिमी मेरो सिफारिश उसको बारेमा स्वीकार गर, त उनिहरु दुवैको सिफारिश स्वीकार गरिन्छ”(मुस्नद अहमद र सही तरग़ीब वत्तरहीब) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ” जो व्यक्ति अवैध काम र झूट बोल्नु र झूटो गवाही तथा गलत व्यवहारबाट टाढा रहदैन त अल्लाहलाई कुनै आवश्यकता छैन कि त्यो भोको, प्यासा रहोस् या खाओस्” ( बुखारी ) यदि कुनै व्यक्ति रोज़ादार व्यक्तिसँग लड़ाइ झगड़ा गर्नलाई कोशिश गर्छ भने त्यो व्यक्तिसँग लड़ाई, झगड़ा नगर्नु आरमसँग नरिसाई कन भन्नु म रोजा बसेको छु म झगडा गर्न चाहन्न, जस्तै कि रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को भनाई छ ” जब तिमीहर मध्ये कोही रोजाको अवस्थामा छौ त आपत्तिजनक कुरा नगर, जोडसँग नचिच्याउनु, यदि कोही उसलाई नराम्रो भन्छ भने या गाली गलौज गर्छ भने त उसले उत्तर दिनु कि म रोजामा छु।” ( बुखारी तथा मुस्लिम) रमदान महिनामा अल्लाह तआलाको तर्फबाट दिइने माफी, राम्रो कामबाट प्राप्त हुने पुण्य, त्यसै समय हामी हासिल गर्न सक्छौं जब हामी रोजाको बास्तबिकता साथ रोजा राख्दछौं । अल्लाहको कृपाले तपाईं हामीलाई यश महिना मा ज्यादा भन्दा ज्यादा भलाईको काम गर्ने, मानवीय कल्याणको काम गर्ने, अल्लाहको भक्त्ती तथा आराधना गर्ने शक्ति प्राप्त होस, हाम्रो झोलिमा पुण्य नै पुण्य होस । अल्लाह हुम्म आमीन !!! अन्त्यमा फेरि रमदान मुबारक । 
लेखक अनिश अलि
 बुटवल नेपाल
 सि.सि.टि कलेज






Type a message...
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment